Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

लक्ष्मी सनराइज बैंकको साधारण सभा सम्पन्न

लक्ष्मी सनराइज बैंक लिमिटेडको साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ। बुधबार काठमाडौंमा बैंकको चौबिसौं वार्षिक साधारण सभा सम्पन्न भएको हो।

साधारण सभाले बैंकको चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ। पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी २४ अर्ब ३४ करोड रूपैयाँ पुगेको छ।

साधारण सभाले आर्थिक वर्ष २०८०/८१ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ। साथै आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ।

आर्थिक वर्ष २०८०/८१ मा ३ खर्ब ३३ अर्ब निक्षेप र २ खर्ब ५८ अर्ब कर्जा पुर्‍याएको छ। यस बैंकको वासलातको आकार ३ खर्ब ९५ अर्ब रहेको छ। सो आवमा बैंकले २ अर्ब ९२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न गरेको छ।