Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

डोटीको जङ्गलमा महिलाको शव भेटियो

डोटीको जङ्गलमा एकजना महिलाको शव भेटिएको छ । केआईसिंह गाउँपालिका–६ लामाडाडास्थित जङ्गलमा महिलाको शव भेटिएको हो ।

डोटी प्रहरीका अनुसार महिलाको परिचय खुलेको छैन । ती महिलाको शव मङ्गलबार जङ्गलको खोला दोभानमा दुई ढुङ्गाबीचमा सडेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी भीमलाल भट्टराईले बताए ।

शव कङ्कालका रूपमा परिणत भइसकेको अवस्थामा थियो । कपडा, कपाल, चुरा लगायत पहिरनले महिलाका रुपमा शवको पहिचान गरिएको हो । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल डोटी ल्याइएको छ ।