Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

तिब्बत भूकम्पमा ज्यान गुमाउनेको संख्या ९५ पुग्यो

तिब्बत भूकम्पमा ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ । चिनियाँ सञ्चारमाध्यम सीजीटीएनले६.८ म्याग्निच्युडको भूकम्पबाट अहिलेसम्म ९५ जनाको ज्यान गएको उल्लेख गरेको छ ।

नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भने ७ म्याग्निच्युडको धक्का मापन गरेको छ । केन्द्रका अनुसार, तिब्बतको दिंगी आसपास केन्द्रविन्दु भएर बिहान ६ बजेर ५० मिनेट (नेपाली समय)मा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रविन्दु नेपालको सगरमाथा क्षेत्रबाट करिब ९० किलोमिटर उत्तरमा पर्छ। भूकम्पको धक्का काठमाडौंसहित विभिन्न जिल्लामा महसुस गरिएको थियो ।