Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

सातदोबाटोको कल सेन्टरमा सीआईबीको छापा, ५३ जना पक्राउ

पक्राउ पर्नेमध्ये दुई जना भारतीय नागरिक बाँकी नेपाली

ललितपुरको सातदोबाटोस्थित एक अवैध कल सेन्टरबाट सीआइबीको टोलीले छापा हानेर ५३ जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमध्ये दुई जना भारतीय नागरिक रहेको र अरु नेपाली नै रहेको सीआईबीका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी)दिपक थापाले जानकारी दिएका छन् ।

उनीहरुको साथबाट ८५ वटा ल्याप्टप ८२ वटा मोबाइल बरामद भएको थापाले बताए । पक्राउ परेका व्यक्तिहरुले सातदोबाटोमा कल सेन्टर चलाएर अनलाइन जुवालगायत अवैध गतिविधि गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरुलाई आज म्याद थप गरी थप अनुसन्धान गरिने सीआईबीले जनाएको छ ।