Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

नेपाल-चीन सीमानामा ७ म्याग्निच्युडको भूकम्प, नेपालका प्राय: ठाउँमा धक्का महसुस (अपडेट)

आज बिहान काठमाडौं लगायत नेपालका विभिन्न स्थानमा महसुस भएको भूकम्प ७ म्याग्निच्युडको भएको पुष्टि भएको छ । सो भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिप्बतमा रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले  जनाकारी छ ।

बिहान ६ बजेर ५० मिनेट जाँदा सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने दिनगाए क्षेत्र केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो । लामो समयपछि काठमाडौँमा भूकम्पको ठुलो धक्का महसुस भएको हो।

खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । नेपालका प्राय: ठाउँमा धक्का दिएको छ । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको छ ।

बिहानै शक्तिशाली भूकम्पको धक्का गएपछि काठमाडौँवासी होहल्लासहित घरबाहिर निस्केका थिए । भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन । स्थानीय प्रशासनले विवरण स‌ंकलनको काम गरिरहेका छन् ।