Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

करेन्ट लागेर बालकको मृत्यु

 करेन्ट लागेर बालकको मृत्यु भएको छ। धनुषाको कमला नगरपालिका ३ पर्साका अशोक यादवको छोरा १२ वर्षीय अमरेश यादवको करेन्ट लागेर मृत्यु भएको हो।

टिभी हेर्न प्लग बोर्डमा तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।