Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

अभद्र व्यवहार मुद्दामा युट्युबर मनोजकुमार महतो पक्राउ

युट्युबर मनोज मानव भनिने मनोजकुमार महतो पक्राउ परेका छन्।

१९ पुसमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी नवराज अधिकारीले बताए। अधिकारीका अनुसार उनलाई अभद्र व्यवहारको कसुरमा पक्राउ गरिएको हो। ‘अभद्र व्यवहारको कसुरमा मानवलाई पक्राउ गरिएको हो। म्याद लिएर अनुसन्धान अघि बढाउँछौं,’ एसपी अधिकारीले भने।

यसअघि मानव पटक-पटक साइबर अपराधको कसुरमा पक्राउ गर्दै आएका थिए। युट्युब च्यानलमार्फत विभिन्न व्यक्तिको चरित्र हत्या गरेको आरोपमा पक्राउ गर्दै आएका उनी धरौटीमा छुटेका थिए।

अहिले भने अभद्र व्यवहारको कसुरमा पक्राउ परेका हुन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद लिएर उनीमाथि अनुसन्धान अघि बढाउने प्रहरीले जननाएको छ।