Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

सूर्यदर्शन सहकारीका पीडितले जिल्ला अदालत अगाडि बाटोमै सुतेर गरे विरोध

सूर्यदर्शन सहकारीका पीडितले जिल्ला अदालत पोखरा अगाडि बाटोमै सुतेर गरे विरोध गरिरहेका छन्।

रास्वपा सभापति रवि लामिछानेका समर्थक अदालतमा भरिएको भन्दै उनीहरूलाई निकाल्न माग गर्दै पीडितले विरोध गरेका हुन्। 'रास्वपाका नेता कार्यकर्ता अदालत भरी छन्। पीडित पक्षकालाई प्रवेश गर्न दिइएन,' पीडित सङ्घर्ष समितिका संयोजक किरण श्रेष्ठ भन्छन्, 'पीडितलाई अवरोध गरेपछि प्रहरीले हस्तक्षेप गर्‍यो। हामी बाटोमै बस्यौँ।'

पीडितहरू बाटोमा बसेपछि प्रहरीले रास्वपा नेता कार्यकर्तालाई पनि अदालत परिसरबाट निकालेको छ।