Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

मुगु केन्द्रबिन्दु भएर ४.४ रिक्टर स्केलको भूकम्प


मुगुमा भूकम्प भएको छ। आज बिहान ८ बजेर ३ मिनेट जाँदा भएको कम्पन ४.४ रिक्टर स्केल मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार बिहीबार अपराह्न पनि सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ४.८ रिक्टर स्केलको कम्पन भएको थियो। यही पुस १६ गते पनि बैतडी केन्द्रविन्दु भएर ४.६ रिक्टर स्केलको कम्पन भएको थियो।