Jul 13 2026

Jul 13 2026 | सोमवार, आषाढ २९ गते २०८३

गायक शिव परियार भन्छन्ः कुनै बालबालिकाले सचिनको जस्तो नियति भोग्न नपरोस्

गायक शिव परियारले कुनै पनि बालबालिकाले बाल गायक सचिन परियारको जस्तो नियति भोग्नु नपरोस् भनेका छन् । गायक परियारले सचिनको निधन भएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो बताएका हुन् ।


सचिनको आज बिहीबार बिहान उपचारको क्रममा निधन भएको हो । गायक शिव परियारले फेसबुकमान लेखेका छन्, ‘फेरि पनि कुनै बालबालिकाले सचिनले भोगेको जस्तो नियति भोग्न नपरोस् । हार्दिक श्रद्धाञ्जली सचिन तिम्रो आत्माको स्वर्गमा बास होस्, यही प्रार्थना गर्दछु ।’

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालका अनुसार निमोनियाका कारणले सचिनको निधन भएको हो ।