Jul 13 2026

Jul 13 2026 | सोमवार, आषाढ २९ गते २०८३

गायक कुशल ढकालको नयाँ गीत 'कालो टीका' बजारमा (भिडियोसहित)

गायक कुशल ढकालको नयाँ गीत बजारमा सार्वजनिक भएको छ । कालो टीका बोलको गीतमा गायक कुशलले नै स्वर, गीत र संगीत भरेका हुन् । 

प्रवेश सिंहले निर्देशन गरेका उक्त गीतमा दिपेन्द्र तामाङ, सुरेखा तामाङको बेजोड अभिनय रहेको छ । साथै एरेन्ज तथा गिटारमा सरोज बिष्टले साथ दिएका छन् भने रेकर्डिङ र मिक्सिङ राजेश श्रेष्ठले गरेका हुन् । 

गीतमा मिठो सारंगीको धुन हेमन्त कान्छाले भरेका छन् । कालो टीका गीत गायक कुशल ढकालको आफ्नै युट्युब च्यानल कुशल ढकालबाटै सार्वजनिक भएको हो । 

हाल साललै गायक कुशल ढकालको र मिलन नेवारको स्वरमा तिम्रो यादमा बोलको गीत सार्वजनिक भएको थियो

हेर्नुहोस् उक्त गीतको भिडियो: