Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

एनपीएल विजेता जनकपुर बोल्टसका खेलाडीलाई जनकपुरमा भव्य स्वागत (तस्बिर/भिडियो)

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को च्याम्पियन जनकपुर बोल्ट्सका खेलाडीहरु जनकपुरधाम आइपुगेका छन् । मधेश प्रदेशको सबै आठ जिल्लामा चार दिने ‘ट्रफी परेड’ गरिरहेको जनकपुर बोल्टसका खेलाडीलाई शुक्रबार जनकपुरधाममा भव्य स्वागत गरिएको छ ।

Photo (10).jpg

आजदेखि सुरु भएको परेडको पहिलो दिन धनुषास्थित राम जानकी मन्दिरमा तय गरिएको छ । त्यस्तै भोलि शनिबार मोहत्तरी, सर्लाही र रौतहटमा ट्रफी परेड गरिनेछ । तेस्रो दिन आइतबार बारा र पर्सामा परेड गरिने र अन्तिम दिन अर्थात सोमबार सिराहा र सप्तरीमा ट्रफी परेड गरिनेछ ।

Photo (1).jpg

गत शनिबार भएको फइनलमा सुदुरपश्चिम रोयल्सलाई पराजित गर्दै जनकपुरले पहिलो संस्करणको एनपिएलको उपाधी जितेको थियो ।

भिडियो:

 
थप तस्बिरहरु:
Photo (11).jpg
Photo (2).jpg