Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

कस्तो छ मंकिपक्स संक्रमित नेपाली युवाको स्वास्थ्य अवस्था?

काठमाडौं मंकिपक्स संक्रमण भएका बिरामीको स्वास्थ्य सुधार भइरहेको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत तनहुँका ३६ वर्षीय युवकको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले जानकारी दिए ।


बसौलाका अनुसार उनको अवस्था सामान्य छ । मंकिपक्स सङ्क्रमण भएकालाई कम्तीमा तीन साता एक्लै राखेर उपचार गर्नुपर्ने भएकाले सोही अनुरूप गरिएको जानकारी निर्देशक बसौलाले दिए । साउदी अरबबाट आएका ती युवकमा यही पुस ५ गते मंकिपक्स संक्रमण भएको पुष्टि भएको हो । त्यसै दिनदेखि उनको उपचार जारी छ ।