Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

पोखरामा अन्तर्राष्ट्रिय हट एयर बेलुन महोत्सव सुरू, पर्यटन प्रवर्द्धन मुख्य उद्देश्य (तस्बिरहरु)

आजदेखि पोखरामा ‘बिवाइडी अन्तर्राष्ट्रिय हट एयर बेलुन महोत्सव २०२४’ सुरू भएको छ । पोखरामा साहसिक खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्यसहित बेलुन नेपाल प्रालि र पोखरा पर्यटन परिषद्को संयुक्त आयोजनामा महोत्सव सुरू भएको हो ।

Photo (3).jpg

नेपालमै पहिलोपटक आयोजना गरिएको महोत्सवमा नेपालसहित स्पेन, फ्रान्स, लिथुवानिया, मलेसिया, जापान, अस्ट्रेलिया, अमेरिका, अस्ट्रिया, कोरिया, इटाली, युके, लाओस, जर्मनी, भारत, दुबई, नेदरल्यान्ड, थाइल्यान्ड, बेल्जियमलगायत देशका हट एयर पाइलटहरूको सहभागिता रहेको आयोजक बेलुन नेपालका अध्यक्ष विक्रम वाडेले जानकारी दिए ।

Photo (11).jpg

बिवाइडीको मुख्य प्रायोजनमा हुने नौदिने महोत्सवमा दैनिक बिहान र साँझ गरी पोखराको आकाशमा १७ वटा हट एयर बेलुन उड्ने छन् । क्रिसमससँगै अंग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर ९ देखि १७ पुस अर्थात् २४ डिसेम्बर २०२४ देखि १ जनवरी २०२५ सम्म हुन लागेको महोत्सवको स्थानीय संयोजन फेवा क्लबले गरेको छ ।

पोखरा– २३ र २४ मा पर्ने फेवा फाँटअन्तर्गतको लौरुकदेखि चंखपुरसम्मको तीन किलोमिटर क्षेत्रमा उडान हुनेछ ।  

थप तस्बिरहरु: