Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

काठमाडौँ महानगरले माग्यो इन्टर्नमा काम गर्ने विद्यार्थी (सूचनासहित)

काठमाडौं महानगरपालिकाले न्यायिक सहजकर्ता (इन्टर्न) का रूपमा काम गर्न इच्छुक विद्यार्थीलाई आवेदन दिन आह्वान गरेको छ । 

महानगरपालिका केन्द्रीय कार्यालय र अन्तर्गतका वडा कार्यालयमा सेवाग्राहीको आवश्यकता अनुसार निःशुल्क कानूनी सेवा प्रवाह गर्न न्यायिक सहजकर्ता (इन्टर्न) का रूपमा काम गर्न आवेदन आह्वान गरेको हो । कानुन क्याम्पसमा कम्तीमा तीन वर्ष अध्ययन गरिसकेका इच्छुक विद्यार्थीले आवेदन दिन सक्ने छन्।

कानुन क्याम्पसमा अध्ययनरत (कम्तीमा तीन वर्ष अध्ययन गरिसकेका) इच्छुक विद्यार्थीले सूचना प्रकाशन भएको मितिले १० दिनभित्र महानगरपालिकाको कानुन तथा मानव अधिकार विभागमा निवेदन पेस गर्न महानगरले आग्रह गरेको छ । 

यसका लागि आवश्यक कागजातमा निवेदन, नागरिकताको प्रतिलिपि, कानुन क्याम्पसमा तीन वर्ष अध्ययन गरिसकेको शैक्षिक प्रमाणपत्र र अध्ययनरत विद्यार्थीको हकमा सम्बन्धित क्याम्पसको सिफारिस पत्र आवश्यक पर्ने सूचनामा उल्लेख छ ।