Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

हुम्लामा यो वर्षको पहिलो हिमपात

हिमाली जिल्ला हुम्लामा यस वर्ष पहिलोपटक हिमपात भएको छ ।

CM_DIPAYAL_IMG-20241209-WA0016.jpg

आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी सुरु भएपछि गए रातिदेखि हिमपात सुरु भएको हो ।

DB_SIMKOT.jpg

आज सोमबार बिहानसम्म सदरमुकाम सिमकोटमा तीन इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकाको उच्च भेगमा रहेको लिमीलगायतका क्षेत्रमा एक फिट हिउँ जमेको लिमी स्वास्थ्य चौकीमा कार्यरत लोग बोहराले बताए । 

DB_SIMKOT2.jpg

यस वर्ष ढिला गरी जिल्लामा हिमपात सुरु भएसँगै यहाँका किसान खुसी भएका छन् । हुम्लीवासीले हिमपातपछि मौसम ठिक हुने र खेती सप्रिने विश्वास समेत राखेका छन् ।

DB_SIMKOT5.jpg

हिमपातले गहुँ, जौ र उवा खेतीलाई राम्रो हुने भन्दै जिल्लाका किसान खुसी भएका छन् । हिमपातपछि सदरमुकाम सिमकोट र आसपासका डाँडाकाँडा सेताम्मे भएका छन् भने जनजीवन प्रभावित भएको छ । 

DB_SIMKOT_4.jpg

उत्तरी नाम्खाका चाला, लिमी, हिल्सा, यारीलगायतका क्षेत्रको जनजीवन प्रभावित भएको छ । हिमपातसँगै चिसो बढेको छ भने हुम्लाको तापक्रम यसअघि नै माइनसमा झरिसकेको छ ।

CM_DIPAYAL_IMG-20241209-WA0022.jpg