Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

धनगढीका मेयर हमाल अस्वस्थ, थप उपचारका लागि दिल्ली रेफर

धनगढी उपमहानगरपालिकामा मेयर गोपाल हमालको स्वास्थमा समस्या देखिएको छ । 

शुक्रबार स्वास्थ्यमा समस्या आएपछि हमाल धनगढीको माया मेट्रो अस्पताल भर्ना भएका उनलाई थप उपचारका लागि दिल्ली रेफर गरिएको छ ।

उनको मस्तिष्कको नसामा समस्या देखिएपछि आईसीयूमा राखेर न्यूरोलोष्टि डा. हरि पौडेलको टोलीले उपचार गरिरहेकोमा शनिबार भने दिल्ली रेफर गरिएको हो ।  चिकित्सककाअनुसार उनको मष्तिकको एउटा नसामा समस्या देखिए पनि अवस्था जटिल भने छैन् ।

मेयर हमाललाई शनिबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भेटेर स्वास्थ लाभको कामना गरेका छन् । उनलाई भेट्न प्रदेश सभा सदस्य धर्मराज पाठक र एमाले कैलाली अध्यक्ष यज्ञराज ढुंगानालगायतका नेताहरू पनि मन्त्रीसँगै अस्पताल पुगेका थिए ।