सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा उत्तराधिकारी आफूले घोषणा गरेर नहुने दावी गरेका छन् ।
कोशी प्रदेश सम्मेलनका लागि विराटनगर पुगेका बेला सभापति देउवालाई तपाईंको उत्तराधिकारी गगन थापा हो? भनी पत्रकारले सोधेको प्रश्नमा देउवाले उत्तराधिकारी आफूले घोषणा गरेर नहुने जवाफ दिएका हुन् ।
तपाईको उत्तराधिकारी गगन थापा हो? भनी पत्रकारले सोधेको प्रश्नमा देउवाले भने, ‘उत्तराधिकारी कहाँ घोषणा गरेर हुन्छ?’ उनले भने, ‘मैले उत्तराधिकारी घोषणा गरेर कहाँ हुन्छ ? प्रक्रियाअनुसार अगाडि बढ्छ सबै कुरा ।’ संविधान संशोधनको प्रसंगमा देउवाले उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी संविधान संशोधन गर्न सकिने बताए । ‘उपराष्ट्रपतिको भूमिका छैन । उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन सकिन्छ कि भन्ने कुरा हो,’ देउवाले भने ।