पर्सा गाउँपालिकामा २१औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस-२०८१ सम्पन्न भएको छ।

उक्त कार्यक्रमको आयोजना पर्सा गाउँपालिका परिवार रहेको छ। उक्त कार्यक्रममा पर्सा गाउँपालिका भरिका महिला स्वास्थ्य स्वयंसेविकाहरुले स्वास्थ क्षेत्रमा दिएका अहम योगदाको कदर गर्दै उनिहरुलाई सम्मान गरिएको छ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा पर्सा गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत मदन बहादुत थिङ थिए भने कार्यक्रमको अध्यक्षता सिनियर स्वयंसेविकाका छठिया देवि यादव थिए ।

त्यस्तै अन्य उपस्थितिमा कार्यालयको तर्फबाट स्वास्थ शाखा प्रमुख प्रमोद कुमार साह स्वास्थ्य सह-संयोजक चन्दा यादव,आधारभुत स्वास्थ्य इन्चार्ज कृष्णचन्द यादव,वन अधिकृत राजेन्द्र प्रसाद यादव थिए।

उक्त कार्यक्रममा आफ्नो बिचार राख्दै जेष्ठ स्वास्थ्य स्वयंसेविका छठिया देवि यादव भन्छिन्- 'यस्ता कार्यक्रमहरुको आयोजना हुँदा हामिहरुलाई खुशी लागेको छ यसले हामिहरुलाई केही नयाँ सिक्ने मौका मिलेको छ र आजको कार्यक्रम पहिलाको भन्दा फरक र अलि व्यवस्थित देखिन्छ खुशी लाग्यो ।'

त्यस्तै कार्यक्रममा आफ्नो भनाई राख्दै उक्त पालिकाका वन अधिकृत राजेन्द्र प्रसाद यादव भन्छन् 'महिला स्वास्थ्य स्वयंसेविकाहरुको नामै काफी छ वहाँहरुले समाजको लागि अहोरात्र खटेर जुन स्वास्थ क्षेत्रमा पुर्याउनु भएको सहयोग छ यो अपरिहार्य हो र वहाँको योगदानको हामिले कदर गर्नुपर्छ।'