Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

चीनको चार दिने भ्रमण सकेर स्वदेश आइपुगे प्रधानमन्त्री ओली

'अब भारत भ्रमण मिलाउनुपर्छ'

चीनको चार दिने भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । ओली चीनको चार दिने औपचारिक भ्रमण पूरा गरी बिहीबार दिउँसो काठमाडौं आइपुगेका हुन्।

प्रधानमन्त्री ओलीलाई चीनका उपपरराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहान ११ बजे बिदाइ गरेका थिए । ओलीलाई त्रिभुवन विमानस्थलमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका छन् ।

RS_KTM-RATL3620.jpg

चीनको औपचारिक भ्रमणबाट फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले अब भारत भ्रमणको व्यवस्था मिलाउने बताएका छन् । चार दिने भ्रमण सकेर बिहीबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा यस्तो बताएका हुन् ।

अब दक्षिणको भ्रमण कहिले ? भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘अब एरेन्ज गर्नुपर्छ । कहिले भन्ने कुरा फर्किएकै दिन कसरी टुंग्याउन सकिन्छ ?’ सञ्चारकर्मीले उनलाई दक्षिणतिरबाट तपाईंलाई उत्तरतिर ढल्कियो भन्ने आरोप लगाइरहेका छन् ? बीआरआई सम्झौतापछि त्यसरी नै कुरा भइरहेको छ दक्षिणतिरबाट । के भन्न चाहनुहुन्छ ? भन्दै प्रश्न गरेका थिए ।

जवाफमा उनले भनेका छन्, ‘मैले त्यति थाहा पाएको छैन । यस्तो कुरा । र, म के भन्छु भने दक्षिणको मिडियाले अलि मित्रहरूलाई भड्काउने, आक्षेप गर्ने खालको कुरा कुनै मिडियाले गरेको छ भने लिडरहरूले त्यस्तो गरेको मैले थाहा पाएको छैन । कुनै मिडियाबाट कतै त्यस्तो भएको छ भने त्यो राम्रो तरिका होइन । म त्यति भन्न सक्छु ।’   

RS_KTM-RATL3624(1).jpg

चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा यही मङ्सिर १७ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली चीन गएका थिए । चीन भ्रमणका क्रममा ओलीको सबैभन्दा ठूलो उपलब्धि बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) सहकार्य सम्झौताको फ्रेमवर्कमा हस्ताक्षर भएको छ । यस हस्ताक्षरसँगै अब नेपालमा बीआरआईअन्तर्गतका परियोजना अघि बढाउने बाटो खुलेको छ।

बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिन फिङ, समकक्ष लीलगायतसँग भेटवार्ता गर्नुका साथै नेपाल–चीन सम्बन्धका साथै द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श गरेका थिए । भ्रमणका क्रममा प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न समझदारी भएका छन् ।