Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

मेयर बालेनले गराए काठमाडौं–१६ की वडाध्यक्ष श्रेष्ठलाई शपथ

गत आइतबार भएको उपनिर्वाचनबाट निर्वाचित काठमाडौं–१६ की नव निर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठलाई मेयर बालेन शाहले शपथ ग्रहण गराएका छन् ।

काठमाडौं महानगरपालिकाको कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रमकाबीच श्रेष्ठलाई शपथ ग्रहण गराइएको हो । रोजिना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित भएकी हुन् । 

काठमाडौं–१६ बाट निर्वाचित नेपाली कांग्रेसका वडाध्यक्ष मुकुन्द रिजालको निधनपछि यहाँ उपनिर्वाचन भएको हो ।