Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

चीनका राष्ट्रपतिद्वारा नेपाललाई नौं अर्ब अनुदान सहयोग घोषणा

चीनका राष्ट्रपति सी जिनपिङले नेपाललाई पाँच सय मिलियन (आरएमबी)करिब नौ अर्ब रुपैयाँ अनुदान सहयोगको घोषणा गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले यस्तो घोषणा गरेका हुन् । प्रधानमन्त्रीको सचिवालयले यसबारे जानकारी गराएको हो ।

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो समेत दिएका छन् । सीले अनुकूल समय मिलाएर आउने जानकारी दिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए ।