सर्लाहीको हरीपुर्वा पालिकामा जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ ।

World vision international Nepal (WVI Nepal) को सहयोगमा बागमती सेवा सामज नेपाल द्वारा संचालित P-CESP परियोजना अन्तर्गत हरिपुर्वा पालिका मा बालविवाह र लागु पदार्थविरुद्धको समुदाय स्तर तथा विद्यालयमा जनचेतनाका मुलक सडक नाटक प्रदर्शन गरियो ।

बढ्दो लागु औषध दुव्र्यसन र समुदाय स्तरमा भईरहेको बाल विवाह न्यूनिकरण हेतु समुदाय स्तरमा सचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ ।

नाटक हरिपुर्वा का को वडा नं ४ को साहपुर समुदाय र हरीपुर्वा-५ को श्री सोन्फि प्राथमिक विद्यालयमा प्रदर्शन गरियो। उक्त नाटक विद्यालयको बालबालिका र समुदाय लाई लक्षित गरी संचालन गरिएको बागमती सेवा समाज नेपालका फिल्ड मोविलाइजर मानिस दहाल ले जानकारी दिए ।

हाम्रो समुदायको अभिभावक र विद्यालय को बालबालिका, शिक्षक सबैले अबदेखी यस्ता बालविवाह तथा लागुपदार्थ सेवन गर्नाले कानुनी कारवाही गरी तीन महिनासम्म जेल हुने सिकाइ भएको बताए।

समुदाय स्तरमा जनचेतनाका लागि नाटकका माध्यम प्रभावकारी भएको समुदाय र विद्यालय स्तरले जानकारी गराएको छ।

वडा -४ को वडा अध्यक्ष नोखेलाल यादवले भने यस्तो सडक नाटकले हाम्रो समुदायमा आगामी दिनहरूमा सकारात्मक परिवर्तन ल्याउँछ । साथै आउने दिनमा वडा बाट बजेट राखी यस्ता नाटक टोलटोलमा संचालन गर्छु भन्ने प्रतिबद्धता गरेको उनले बताए ।