Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

कीर्तिपुर–१ को अध्यक्षमा कांग्रेसका महर्जन विजयी

कीर्तिपुर नगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । 

कांग्रेस उम्मेदवार इच्छा कुमार महर्जन ५ सय ६२ मतसहित विजयी भएका निर्वाचन अधिकृत इन्दिरा कार्कीले जानकारी दिइन्। 


उनका अनुसार, नेकपा एमालेका हर्ष महर्जनले ४ सय ९८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार सरल गोपाल महर्जनले १ सय ७३ मत प्राप्त गरेका छन् । 

०७९ को निर्वाचनमा यहाँ नेपाली कांग्रेसका हिरा लाल महर्नन ७ सय ७८ मतसहित विजयी भएका थिए ।