ताप्लेजुङ जिल्लाको सिरिजंगा गाउँपालिका ३ को वडाध्यक्षमा नेकपा एमालेकी कुमारी सावादेन विजयी भएकी छन् । यो सँगै ६१ वडा रहेको जिल्लामा कुमारी एकमात्र महिला वडाध्यक्ष बनेकी छिन् ।
माओवादी केन्द्रका अम्वी साउदेनलाई १ सय २ मतले पछि पार्दै सावादेन विजयी भएकी हुन् । उनले ३ सय ५३ मत प्राप्त गरिन् भने माओवादीका अम्वीले २ सय ५१ मत प्राप्त गरे । यसअघि वडाध्यक्षमा जितेको कांग्रेस तेस्रो भयो । १ हजार ५ सय २८ मतदाता रहेको यहाँ ८ सय ८९ मत झरेको थियो ।
कुमारी २०७९ को निर्वाचनमा कांग्रेसका उम्मेदवार दिलप्रसाद बोखिमसँग ४ मतले पराजित भएकी थिइन् । यहाँ काँग्रेसबाट भीम लक्सम्बा लिम्बू, एमालेका कुमारी, माओवादी केन्द्रका अम्बी, राष्ट्रिय स्वतन्त्र पार्टीका देवीप्रसाद पौडेल र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट राजेन्द्र काङ्वा लिम्बू गरी ५ जना उम्मेदवार थिए ।
कांग्रेसका भिमले २ सय १८ मत प्राप्त गरे । राजेन्द्रले ५४ मत प्राप्त गरे भने रास्वपाका देवीप्रसादले ७ मतमात्रै पाए ।