Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

जाजरकोटको कुशें गाउँपालिका–७ मा कांग्रेसका सिंह विजयी

जाजरकोटको कुशे गाउँपालिका–७ को वडाध्यक्षमा नेपाली कांग्रेसका खम्बबहादुर सिंह वडाध्यक्षमा निर्वाचित भएका छन् । यो वडामा पहिले माओवादी केन्द्रले जितेको थियो । सिंहले ३४७ मत ल्याएर जितेका हुन् ।

उनको निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका गोरखबहादुर नेपाली बने । नेपालीले ३३२ मत पाएका छन् । यो वडामा ०७९ को चुनावमा माओवादी केन्द्रले जितेको थियो ।

 माओवादी केन्द्रका मनबहादुर घर्तीले ३८० मत ल्याएर वडाध्यक्ष जित्दा कांग्रेसका खम्ब बहादुर सिंहले ३१८ मत ल्याएका थिए भने एमालेका प्रसाद सिंहले १४८ मत ल्याएका थिए।