Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

रौतहटको गढीमाई–८ को वडाध्यक्षमा नेकपा एसका यादव विजयी

रौतहटको गढिमाई नगरपालिका–८ को वडाध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार बजरंगीप्रसाद यादव निर्वाचित भएका छन् ।

समाजवादीका यादव ६५५ मतसहित वडाध्यक्ष निर्वाचित भएका हुन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार जिउती देवी यादवले ६३१ मत प्राप्त गरिन् ।

यसैगरी नेपाली कांग्रेसका सुवोद कुमार यादवले ६१७ र जसपाका सन्देश प्रसाद यादजवले २५८ मत प्राप्त गरेका छन् ।