नुवाकोटको ककनी गाउँपालिका–२ मा माओवादी केन्द्रका कृष्ण घिमिरे निर्वाचित भएका छन् ।
उनी १ हजार ८५ मत प्राप्त गरी निर्वाचित भएका हुन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूर्य तामाङले ५ सय ८७ मत प्राप्त गरेका छन् ।
नेकपा (एमाले) का यमबहादुर लामाले ३ सय ४१ म्त प्राप्त गरे। राष्ट्रिय स्वतन्त्र पार्टीका मंगलसिद्धि लामा तामाङले ८३ मत ल्याए । गत निर्वाचनमा पनि यस वडामा कांग्रेस निर्वाचित भएको थियो ।
त्यतिबेला कांग्रेसका तिलकबहादुर लामाले ८ सय ८८ मत ल्याएका थिए । प्रतिद्वन्द्वी कृष्ण घिमिरेले ७३४ मत प्राप्त गरेका थिए ।