Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

चार देशका राजदूतले लिए राष्ट्रपतिबाट शपथ

नव नियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक समारोहका बीच आज आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

शपथ लिनेहरूमा लोकदर्शन रेग्मी–अमेरिका, डा. शैल रूपाखेती–जर्मनी, डा.नरेशविक्रम ढकाल– साउदी अरेबिया र चित्रलेखा यादव– अष्ट्रेलिया हरेका राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । 

 शपथ ग्रहण समारोहमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।