Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय टोली जाने

प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो १७ देखि २० गतेसम्म चीनको भ्रमण गर्ने औपचारिक निर्णय भएको छ। 

प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने भएको छ । मन्त्रिपरिषदको बिहीबारको बैठकले प्रधानमन्त्रीको भ्रमण स्वीकृत गरेको हो । सरकारी भ्रमण टोली ३९ सदस्यीय हुनेछ ।

निजी क्षेत्रबाट ४८ जना पनि भ्रमण टोलीमा रहने छन् । प्रधानमन्त्री ओलीको भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री आरजु देउवा राणा बिहीबार नै चीन गइसकेकी छन् । 

उनी शनिबार नेपाल फर्कने र पुनः प्रधानमन्त्रीसँग चीन जाने कार्यतालिका छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले १८ मंसिरमा चीनको बेइजिङमा उच्चस्तरीय भेटवार्ता गर्नेछन् ।