Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

बोधिचित्तको माला लुटपाट गरेको आरोपमा अखिल क्रान्तिकारीका केन्द्रीय सचिव दूधराज पक्राउ

माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका केन्द्रीय सचिव दूधराज तामाङ पक्राउ परेका छन् ।

सिन्धुलीमा बोधिचित्त (बुद्धचित्त) को माला लुटपाट प्रकरणको आरोपमा काभ्रे घर भएका तामाङलाई गएराति ९ बजे प्रहरीले ललितपुरको हरिसिद्धीबाट पक्राउ गरेको हो ।

गत साउन ४ गते सिन्धुलीको फिक्कल गाउँपालिका १ महादेव डाँडाका होमबहादुर सुनुवारको जग्गाबाट बोधिचित्तको माला लुटपाट भएको थियो । यो घटनामा सत्यमान लामा, दूधराज तामाङ, राकेश तामाङ, पुष्पलाल दोङ र शिव बरालसहित १३ जनाविरुद्ध डाँका, चोरी तथा लुटपाटको उजुरी परेको थियो ।

सत्यमान लामा र दूधराज तामाङसहित हालसम्म तीन जना पक्राउ परे पनि अरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।