Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

परराष्ट्रमन्त्री आरजु राणा देउवा चीन प्रस्थान

परराष्ट्रमन्त्री आरजु राणा देउवा चीन प्रस्थान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको यही मंसिर १७ देखि हुने चीन भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री राणा बिहीबार त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

चीन प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै मन्त्री राणाले बीआरआईमा दलहरूबीच कुनै मतभिन्नता नरहेको र मिडियाले विवाद सिर्जना गरेको बताइन् ।

उनले परराष्ट्र नीतिमा दुई देशीय सम्झौता नेगोसियसनमा हुने भन्दै त्यहीअनुसार नै बीआरआईका विषयमा निर्णय लिने जिकिर गरिन् ।

भ्रमणका क्रममा मन्त्री डा. राणाले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।