Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

कीर्तिपुरमा घरदैलो गर्दै धरानका मेयर हर्क साम्पाङ (भिडियोसहित)

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुर प्रमुख पदका उम्मेदवार  राजमान मानवलाई सघाउन घरदैलो कार्यक्रममा सामेल भएका छन् ।

Photo (7).jpg

सोमबार मेयर साम्पाङ कीर्तिपुरमा पुगेर स्वतन्त्र उम्मेदवार मानवसँगै घरदैलो गरेका हुन् ।  घरदैलोको क्रममा उनले राजमान मानव कीर्तिपुरको विकासको लागि काम गर्ने खालको मान्छे लागेकाले सघाउनको लागि आफू आएको बताए ।

Photo (3).jpg

उनले भने,‘उहाँ राम्रो मान्छे हो । चुनावमा राम्रो मानछेलाई भोट गरौं भन्ने हो । म उहाँलाई सघाउन आएको हुँ राम्रो काममा । साधारण म जस्तै मान्छे हो उहाँ, काम गर्ने खालको मान्छे हो ।’