Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

प्रधानमन्त्री ओलीलाई हत्कडी लगाउन राप्रपाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले कम्बोडिया काण्डमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हत्कडी लगाउन माग गरेका छन् ।

उनले कम्बोडिया प्रकरण छानविनका लागि संसदीय समिति बनाउनसमेत माग गरेका छन् । ‘देशका प्रधानमन्त्री खड्ग प्रसाद ओलीजीलाई छानविन गरियोस् । कम्बोडिया काण्डमा हत्कडी हालेर छानविन गर्नुपर्छ,’– उनले भने, ‘…त्यो भिडिओ एक जना को मान्छेले सार्वजनिक गर्यो भन्ने विषय होईन । तपाईँ कम्बोडिया गएको मिति र हस्ताक्षर गरेको मिति एउटै छ । भोलि तपाईँ दोषी, निर्दोष के हो भन्ने अदालतले छानविन गर्ला । राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदीय छानविन समितिको आवश्यक्ता ठानेको छ ।’

उनले दुई तिहाइको सरकारको प्रधानमन्त्री सडकमा आएर जात्रा गरेको टिप्पणी गरे । नेकपा (एमाले) ले दरबारमार्गमा आयोजना गरेको कार्यक्रमप्रति टिप्पणी गर्दै उनले भने, ‘सडकमा आएर नाटक देखाउनुहुन्छ । उहाँले कस्का लागि देखाएको हो त्यो नाटक ? प्रश्न गर्दै उनले भने, ‘…कसका लागि सडकमा आएको ? किन सडकमा आएको ? के गर्न आएको ? जात्रा देखाउन र गिरीबन्धु टि स्टेट र कम्बोडियामा पैसा छैन भनेर जनतामा भ्रम छर्न सडकमा आएको हो ? राप्रपा त्यो पत्याउँदैन । संसद्मा जवाफ माग्छौं ।’