Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

अर्बपति स्कट बेसेन्ट बने अमेरिकी अर्थमन्त्री, ट्रम्पले किन रोजे स्कटलाई?

अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले अर्थमन्त्रीमा अर्बपति स्कट बेसेन्टलाई अर्थमन्त्रीको रुपमा नियुक्त गर्दै आफ्नो मन्त्रिपरिषद विस्तार गरेका छन् ।

स्कट ट्रम्पले लामो समयदेखि वकालत गर्दै आएको ‘अमेरिकन फर्स्ट’ को नाराको पक्षमा बलियो रुपमा वकालत गर्नेमध्ये एक हुन् । ट्रम्पले यसबारे जारी गरेको विज्ञप्तिमा स्कटको प्रशंसा गर्दै लेखेका छन्, ‘हाम्रो महान देशको२५०औं वर्षगाँठको पूर्वसन्ध्यामा उनले अमेरिकाको एक नयाँ स्वर्णयुगको सुरुवात गर्न मलाई सहयोग गर्नेछन् ।’

ट्रम्पले विगतमा जस्तो सबैभन्दा ठूलो अर्थतन्त्र भएको देशमा कुनै पनि अमेरिकी नागरिक छुट्नु नहुने र स्कटले सबै अमेरिकी नागरिकहरुलाई समेटेर अगाडि बढ्ने प्रयासको नेतृत्व गर्ने विश्वास व्यक्त गरेका छन् ।

६२ वर्षीय बेसेन्टले चुनावी अभियानमा आर्थिक नीतिबारे ट्रम्पलाई सुझाव दिएका थिए । साथै उनी जर्ज सोरोसको हेज फन्ड स्क्वायर क्यापिटल मेनेजमेन्टका संस्थापक पनि हुन् । त्यसअघि उनी सोरोस फन्ड मेनेजमेन्टका सीईओ थिए । जर्ज सोरोसले सुरु गरेको सोरोस फन्ड म्यनेजमेन्टका प्रमुख लगानीकर्ता थिए ।

यसबीचमा उनी अर्बौं डलरका मालिक बनिसकेका छन् । ट्रम्पले अर्बपति स्कटलाई अर्थमन्त्रीमा नियुक्त गरेसँगै ट्रम्पको योजनालाई उनले सघाउने विषयमा चर्चा भइरहेको छ । ह्वाइटहाउसमा कार्यकाल सुरु गर्नुअघि ट्रम्पले आफ्नो मन्त्रिपरिषद विस्तार गरिरहेका छन् । यसअघि उनले स्वास्थ्य, पुनर्संरचना लगायत मन्त्री पनि नियुक्त गरिसकेका छन् ।