Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

सिजी मोटर्सले ल्यायो ‘इस्टेट अफ द आर्ट सर्भिस सेन्टर’


सिजी मोटर्सले ‘इस्टेट अफ द आर्ट सर्भिस सेन्टर’ सञ्चालनमा ल्याएको छ। आइतबार  एक विशेष समारोहकाबीच उक्त सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो।

Photo (1).jpg

सर्भिस सेन्टरले सार्वजनिक यातायात र  कार सेन्टरको मर्मतको लागि छुट्टै सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ। खासगरी इभी गाडीलाई बढी प्राथमिकता दिने हिसावले सेन्टर सञ्चालनमा ल्याइएको प्रबन्ध निर्देशक हेमन्त अग्रवालले बताए। उनले भने, ‘सर्भिस सेन्टर प्यासेन्जर सेक्मेन्ट इभीहरु जस्तै  खालका दुईवटा सेक्मेन्टहरुको मार्केटमा छौं। कर्मसियल भेकल सेक्मेन्ट सार्वजनिक यातायातमा बेच्ने  गाडीहरुलाई कर्मसियल भेकल सेक्मेन्टमा राखेका छौं। र अर्को प्यासेन्जर कार छ। 

Photo 00.jpg

प्रिमियर प्यासेनजरहरुका लागि छुट्टै सर्भिस सेन्टर सञ्चालन गरेका हौं। जसमा कस्टमरहरुलाई आरामका साथ यहाँ बसेर गाडीको रिपेयर गरेको देख्न सक्नुहुन्छ। भित्रको इक्वीमेन्टहरु, सुविधाहरु,  ईन्टरनेसनल लेबलको छ। ईन्टरनेसनल लेबल कै सर्भिस नेपालमै अफर गर्न खोजेका हौं। हामी इभीमा विश्वास राख्छौं र फोकस जहिले पनि ईभीमै छ।

Photo (6).jpg

साथै उनले नेपालमा सर्भिस सेन्टरको नेटवर्क स्थापना गर्नु नै ठूलो कुरा भएको बताए। उनले हाल सीजी मोटर्सले नेपालभर २०० भन्दा बढी सीसीएस टूजी चार्जिङ पोइन्ट जडान गरेको पनि उल्लेख गरे। सीजी मोटर्सले काठमाडौं उपत्यकामा स्थापना गरेको यो दोस्रो सर्भिस सेन्टर हो। सीजी मोटर्सले २२ स्थानहरूमा बिक्री र डिलर नेटवर्क विस्तार गरिसकेको छ।

कम्पनीले विद्युतीय सवारीसाधन चार्ज गर्न आगामी दिनमा एक सयभन्दा बढी स्थानमा चार्जिङ पोइन्ट विस्तार गर्ने जनाएको छ। 
हाल सिजी मोटर्सको सर्भिस सेन्टरले सीजी मोटर्स अन्तर्गत आयन, एक्सपेङ, स्मार्ट, नेटा, रिद्दारा र दयुन लगायतका विभिन्न ब्राण्डका सवारीसाधन बिक्री गरिरहेको छ।