Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

भारतीय सेनाध्यक्ष द्विवेदीले गरे मुक्तिनाथ दर्शन

नेपालको पाँच दिने औपचारिक भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले शनिबार प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शन गरेका छन् । साथमा उनकी पत्नी पनि सहभागी थिइन् ।

Upendra_Dubedi-_India_Army2024-11-23-18-38-49.jpeg

मुस्ताङ जिल्लामा अवस्थित मुक्तिनाथ मन्दिरको भ्रमण गर्नुका साथै उनले मन्दिरमा पूजा अर्चना समेत गरेका छन् ।मुक्तिनाथमा पछिल्लो समय भारतीय पर्यटकको संख्या वृद्धि भइरहेको छ । केही समय पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेत मुक्तिनाथ पुगेका थिए । 

upendra-dibedi_TEme6IHQ0B.jpg

भारतीय स्थल सेनाध्यक्ष द्विवेदीले शनिबार पोखरास्थित नेपाली सेनाको पश्चिम पृतना हेडक्वार्टरको भ्रमण गरेको नेपाली सेनाले  जनाएको छ । उनलाई पृतनापति उपरथी सन्तोष बल्लभ पौडेलले पश्चिम पृतनामा स्वागत गरे ।  

upendra-dibedhi1_D1PFC87mse.jpg

द्विवेदी नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको पदवी ग्रहण गर्न नेपाल आएका हुन् ।  बुधबार नेपाल आएका उनी आइतबार भारत फर्किने कार्यक्रम छ ।