Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा हरिपूर्वा नगरपालिका पाँचवटा आधारभूत विद्यालयबीच खेलकुद प्रतियोगिता सम्पन्न

हरिपूर्वा नगरबाल सञ्जालको आयोजना तथा बागमती सेवा समाज नेपालको सहयोग एवम् हरिपुर्वा नगरपालिकाको समन्वयमा खेलकुद प्रतियोगिता सम्पन्न भएको छ। बुधबार अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा हरिपूर्वा नगरपालिकाको पाँचवटा आधारभूत विद्यालय बीच खेलकुद प्रतियोगिता गरिएको हो ।

WhatsApp Image 2024-11-20 at 19.22.27_24e463ed.jpg

 प्रतियोगिता हरिपुर्वा-५ स्थित श्री केश्वर गरिब उच्च जनता माविको प्राङ्गणमा भएको थियो । जसमा खेलहरू २०० मिटर रनिङ, ४०० मिटर रनिङ, सुलोह साइकल रेस र लङ्ग जम्प  रहेको थियो ।  यस कार्यक्रमको सभा अध्यक्षको रूपमा नगर बाल सञ्जालको अध्यक्ष उज्जवल कुमार साह एवम् प्रमुख अतिथिको रुपमा हरिपुर्वा नगरपालिकाको नगर प्रमुख  बिनोद कुमार साह रहेका थिए भने अतिथिको रुपमा वडा नं ५ का वडा अध्यक्ष बिजय भुशन साह तथा  वडा नं ६ का अध्यक्ष राम सोगारथ यादव थिए ।

WhatsApp Image 2024-11-20 at 19.31.23_21f0081e.jpg

उक्त विद्यालयका  प्र.अ संजय कुमार यादव एवम्  हरिपुर्वा नगरपालिकाको शिक्षा साखा अधिकृत जनक काफ्लेको सेमेतउपस्तिथि थियो।  बाल सञ्जालको अध्यक्ष उज्जवल कुमार साहको भनाई अनुसार हामीले यस नगरपालिकाको विद्यार्थीहरुको भित्री प्रतिभा जागरुत गर्नको लागि समय समयमा यस्ता कार्यक्रम तथा प्रतियोगिताको आयोजना गर्नेछौँ। यसता कार्यक्रमहरु गनाले विद्यार्थीहरुमा खेलकुद प्रति जागरुत हुन्छ र खेलकुदमा उत्कृष्ट नतिजा ल्याई गाउँ र देशको नाम विश्वमा चिनाउने गर्दछु । यति मात्र नभई खेलकुदले बालबालिकाको वृद्धि विकासमा हुनमा समेत सहयोग पुर्याउछ ।  त्यसैले बालबालिकाको लागि खेलकुद अतिनै महत्वपूर्ण मानिन्छ। र हामी अब आउने दिनहरुमा यता क्रियाकलापहरुलाई अझै निरन्तरता दिने छु । र बालबालिकालाई कुनै पनि समस्या परेको खण्डमा हामी बालबालिकाको साथमा रहनेछु ।

WhatsApp Image 2024-11-20 at 19.31.23_824abf73.jpg