Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

कीर्तिपुरकी कार्यबाहक मेयरमाथि वडाध्यक्षले गरे हातपात, कार्यकक्षमा तोडफोड

कीर्तिपुर नगरपालिकाकी कार्यवाहक मेयर शुभलक्ष्मी शाक्यमाथि सोही नगरपालिकाको वडा नम्बर–३ का अध्यक्ष सुबिन्द्र महर्जनले हातपात गर्नुका साथै मेयरको कार्यकक्षमा तोडफोड गरेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत समयमा नआएको भन्दै वडाध्यक्ष महर्जनले कार्यबाहक मेयरको कार्यकक्षको टेबल फुटाएका हुन् । विभिन्न विषयमा छलफलका लागि बोलाइएको बैठकमा प्रमुख प्रशासकीय अधिकृत अनुपस्थित भएको भन्दै वडाध्यक्षले कार्यबाहक मेयरको कार्यकक्षमा रहेको टी टेबल फुटाएका हुन् ।  

शुभलक्ष्मी शाक्य सुनिता अहिले नगरपालिकाको कार्यबाहक मेयर छिन् । कार्यबाहक मेयर शाक्यले वडाध्यक्षले आफ्नो कार्यकक्षमा रहेको ‘टी टेबल’ फोरेको पुष्टि गरिन् ।

‘मसँग भेट्न खोजेको समयमा प्रमुख प्रशासकीय अधिकृत अनुपस्थित भएपछि उहाँले झोक्किएर टेबल फुटाउनु भयो,’ शाक्यले सुनाइन् । १६ गतेसम्म आफू नै मेयर रहेकाले वडाध्यक्षको आक्रमण आफूलक्षित रहेको शाक्यले दाबी गरिन्। नगरपालिकामा माधवप्रसाद ढकाल प्रमुख प्रशासकीय अधिकृत छन् । मेयर छान्नका लागि कीर्तिपुरमा मंसिर १६ गते निर्वाचन हुँदैछ ।