Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन

पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ ।

काठमाडौंको फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा आइतबार उनको निधन भएको हो । फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा आज दिउँसो २ बजे उनको निधन भएको उनका भान्जा सुरज भट्टराईले जानकारी दिए ।

अस्पतालमा उनको कलेजोसम्बन्धी समस्याको उपचार भइरहेको थियो । ढुङ्गाना २०४८ सालदेखि २०५१ सम्म सभामुख थिए । उनी वरिष्ठ अधिवक्ता समेत हुन् ।

उनले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनी २०७४ को आमनिर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २ बाट कांग्रेसको उम्मेदवार भई पराजित भएका थिए।