Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

बाजुराको स्वामीकार्तिकको उपाध्यक्षमा एमालेकी सुलोचना भण्डारीको उम्मेदवारी

बाजुराको स्वामीकार्तिक गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी सुलोचनाकुमारी भण्डारी बुढाले उम्मेदवारी दर्ता गराएकी छिन् । 

पार्टीका नेता–कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएकी हुन् ।

उपाध्यक्ष मैना जोशीको २०८० माघ ४ गते निधन भएपछि रिक्त सो पदमा उपनिर्वाचन हुन लागेको हो । स्थानीय तह निर्वाचन २०७९ मा नेपाली कांग्रेसको तर्फबाट गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएकी थिइन् । 

यही मंसिर १६ गते स्थानीय तह उपनिर्वाचन हुँदैछ ।