कीर्तिपुर नगरपालिकाको मेयर पदमा कीर्तिपुरका सफाई अभियन्ता राजमान महर्जन ‘मानव’ ले उम्मेदवारी दिएका छन् । १६ वर्षदेखि कीर्तिपुरमा सफा गर्दै हिँड्ने महर्जनले मेयर पदमा उम्मेदवारी दिएका हुन्। महर्जनले २०६७ सालदेखि शहरको फोहर बढार्दै आएका थिए ।
नगरवासीको कर घटाउनेलगायतका एजेण्डा लिएर आफूले उम्मेदवारी दिएको महर्जनले जानकारी दिए । ‘नगरपालिकाले लिने कर धेरै भयो भन्ने स्थानीयको गुनासो छ, कर घटाउनु पर्छ र स्वास्थ निःशुल्क गर्नुपर्छ’, उम्मेवारी दिएपछि महर्जनले भने, ‘वार्षिक १५ करोड रूपैयाँमा कीर्तिपुर संसारकै उच्च शहर बन्छ । कसैले अविश्वास गर्नु पर्दैन ।’
उम्मेदवारी दर्ता कार्यक्रममा उनका समर्थकले कुचो बोकेर आएका थिए । कीर्तिपुरको मेयरका लागि अहिलेसम्म दुई स्वतन्त्रसहित ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसले कृष्णमान डंगोल, नेकपा एमालेले सुरेन्द्र मानन्धर तथा माओवादी केन्द्रले प्राडा शिवशरण महर्जनलाई उम्मेदवार बनाएको छ ।
राप्रपाको तर्फबाट ध्रुव महर्जनले उम्मेदवारी दिएका छन् । मंसिर १६ गते उपनिर्वाचन हुँदैछ ।