राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कीर्तिपुरको मेयर पदमा उम्मेदवारी नदिने भएको छ ।
यही मंसिर १६ गते हुने मतदानका लागि उम्मेदवारी दर्ता नगराउने रास्वपाका काठमाडौं सभापति प्रदीप विष्टले जानकारी दिएका छन् ।
‘हाम्रो उम्मेदवारी हुँदैन । स्वतन्त्र उम्मेवारमध्ये कसलाई समर्थन गर्ने पार्टीले निर्णय लिन्छ,’ सभापति विष्ट भने । तर, कुन स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने भन्ने सभापति विष्टले बताएका छैनन् ।
यसअघि रास्वपाले कीर्तिपुरमा जयराम कार्कीलाई उम्मेदवार बनाउने तयारी गरेको थियो ।