Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

कीर्तिपुरको मेयर र वडाअध्यक्षमा जसपा नेपालबाट तेस्रोलिङ्गी महिला उम्मेदवार

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले कीर्तिपुर नगरपालिकाको प्रमुख पद र वडाध्यक्षमा उम्मेदवारी दर्ता गरेको छ । 

मेयरमा दीपक महर्जन (हनि) ले उम्मेदवारी दर्ता गराएका छन् भने वडा नम्बर ४ को अध्यक्षमा राजीब महर्जन (मौनी) ले उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

जसपा नेपालबाट उम्मेदवारी दिएका दुवै जना यौनिक अल्पसंख्यक समुदायका हुन् । यहाँ मंसिर १६ गते उपनिर्वाचन हुँदैछ। आइतबार मनोनयन दर्ताको कार्यक्रम चलिरहेको छ । राजनीतिमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको सहभागिताका लागि उनीहरूलाई अघि सारिएको जसपाले जनाएको छ ।

उनीहरुले शनिबार मायाको पहिचान नेपालको कार्यालयमा शनिबार पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गरेका थिए । 

मेयरकी उम्मेदवार हनी महर्जनले सफा, स्वच्छ र सुन्दर कीर्तिपुरलाई भ्रष्टाचारमुक्त नगर बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।