Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

विमलाको निधन भएपछि अब स्याङजाकी सुनिता गण्डकीको सांसद बन्दै

गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको मृत्यु भएपछि स्याङजाकी सुनिता थापा नेपाली कांग्रेसको तर्फबाट सांसद मनोनयन हुने भएकी छिन् । गौचनको निधन भएपछि उनको ठाउँमा सुनिता थापालाई मनोनयनका लागि कांग्रेसले निर्वाचन आयोगमा सिफारिस गर्नेछ ।

विमला गौचन प्रदेश सभाको समानुपातिकतर्फ आदिवासी/जनजाति महिला क्लस्टरबाट प्रदेशसभा सदस्य बनेकी थिइन्। गण्डकी प्रदेश सभा सदस्य गौचनको कात्तिक २८ गते निधन भएको थियो । उनको अन्त्येष्टि भएको छ । स्याङ्जाको चापाकोट नगरपालिका– ९ मा जन्मिएकी सुनिता थापा कांग्रेसका साथै सामाजिक क्षेत्रमा काम गर्दै आएकी छिन् ।

कांग्रेसको गण्डकी प्रदेश महाधिवेशन प्रतिनिधि रहेकी सुनिता थापाले ६ कक्षा पढ्दै गर्दा बिरामी भएर श्रवणशक्ति गुमाएकी थिइन् । २०२९ सालमा जन्मिएकी सुनिताले स्नातकसम्मको अध्ययन गरेकी छन् ।

आफूले नसुन्ने तर नेपाली, अंग्रेजी प्रस्टसँग बोल्न र आफ्नो भनाइ राख्न सक्ने सुनिताले विभिन्न गैरसरकारी संस्थामा काम गर्दै राजनीतिमा पनि सक्रिय बनेकी नेपाली कांग्रेस गण्डकीका उपसभापति तथा पूर्वमन्त्री मेखलाल श्रेष्ठले बताए ।