Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

बढी कर तिर्ने भाटभटेनी अध्यक्ष गुरूङलाई सरकारको सम्मान

वस्तु व्यापारबाट बढी कर तिर्नेमा भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर सम्मानित भएको छ ।आर्थिक वर्ष २०७९/८० मा वस्तु व्यापारबाट बढी कर तिर्ने करदाताको रूपमा भाटभटेनी सम्मानित भएको हो । 

आन्तरिक राजस्व विभागले शनिबार आयोजना गरेको कर दिवसको अवसरमा सम्मानित गरेको हो । भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरूङलाई अर्थमन्त्री विष्णु पौडेलले सम्मान गरेका हुन्। 

अघिल्लो वर्ष पनि वस्तु तथा व्यापारमा बढी कर तिर्नेमा गुरूङ अग्रपंक्तिमा थिए ।