माछापुच्छ्रे बैंकका कार्यकारी अधिकृत हुन् सन्तोष कोइराला । भोजपुरको दावाङमा जन्मिएका सन्तोषको बाल्यकाल दावाङमा नै बित्यो। त्यहीँ कै सामूदायिक विद्यालयमा प्रारम्भिक शिक्षा आर्जन गरेका उनले बुवा आमासँग बसाईसराईको क्रममा झापाको चन्द्रगढीमा पुगे। विद्यालयका विभिन्न क्रियाकलापहरूमा सहभागी भइरहने उनी अध्ययनमा पनि तेज थिए। झापाको विरेन्द्र माविबाट प्रथम श्रेणीमा एसएलसी उत्रिण गरेका सन्तोषले झापा कै अमृत साइन्स क्याम्पसबाट आइएसी, मेची बहूमुखी क्याम्पसबाट बिएसी गरे। त्रिभुवन विश्व विद्यालयबाट एमबिएमा मास्टर्स गरिसकेका उनीले न्युजिल्याण्डबाट लिडरसीप म्यानेजमेन्टमा डिप्लोमा पनि गरेका छन।
बैंक अफ काठमाडौंबाट बैंकिङ यात्राको थालनी गरेका उनले बैंक अफ काठमाडौंमा साढे चार वर्ष काम गरे। सानिमा बैंकमा साढे नौ वर्ष काम गरिसकेर सन्तोष झण्डै ११ वर्षदेखि माछापुच्छ्रे बैंकमा कार्यरत छन्।
२५ वर्षदेखि निरन्तर बैंकिङ यात्रामा रहेका र असिस्टेन्ट, सुपरभाइजर हुँदै हाल कार्यकारी अधिकृतको तहमा कार्यरत रहेका माछापुच्छ्रे बैंकका कार्यकारी अधिकृत सन्तोष कोइरालासँग उनको बैंकिङ यात्रा सङ्घर्ष सफलता हालको बैंकिङ अवस्थाको विषयमा नेपाल रैबार डटकमका लागी जीवन बनियाले गरेको यो कुराकानीः
तपाईंको बाल्यकाल कस्तो रह्यो?
मेरो जन्म भोजपुरको दवाङस्थित एक दुर्गम गाँउमा निम्नमध्यम वर्गिय परिवारमा भएको हो। मैले प्रारम्भिक शिक्षा त्यही कैं दुर्गेश्वरी प्राथमिक विद्यालयबाट २ कक्षा र सिद्देश्वरी विध्यालयबाट ५ कक्षासम्म अध्ययन गरे। त्यति बेला बुवा सरकारी कर्मचारी हुनुहुन्थ्यो र आमा गृहणी हुनुहुन्थ्यो। म घरको जेठो छोरा हुँ मेरो एक भाई र एक बहिनी छन् र अहिले श्रीमति र २ छोरीहरू छन् ।
क्याम्पस अध्ययन गर्दाका समयलाई कसरी सम्झिनु हुन्छ?
बुवा सरकारी जागिरे भएको हुँदा बुवाको सरुवा हुने क्रममा बसाईसराई गरेर हामी झापाको पहिलाको चन्द्रगढी पन्चायत हालको भद्रपुर नगरपालिका १० मा पुग्यौँ स्थाई बसोबासको सिलसिलामा मैले मेरो अध्ययनलाई ६ कक्षादेखि बिरेन्द्र माविबाट अगाडी बढाए र त्यहीँ विद्यालयबाट प्रथम श्रेणीमा एसएलसी उत्रिण गरे, त्यसपछि मैले अच्कलमा रहेको अम्रित साइन्स विद्यालयबाट आइएसी गरेर झापा फर्किए, मलाई सम्झना छ २०४६ तिर देशमा जनाआन्दोलन चलिरहेको थियो त्यति बेला अहिलेको जस्तो अवसर थिएन इन्जिनियरिङ पढ्ने हामी विद्यार्थीहरूकालागी पुलचोक इन्जिनियरिङ क्याम्पस मात्र थियो। विविध कारणले गर्दा मैले पुलचोक क्याम्पसमा इन्जिनियरिङ अध्ययन गर्न पाइन। र मेची बहुमूखी क्याम्पसबाट वाणिज्य विषयमा प्रथम श्रेणीमा स्नातक उत्रिण गरे।

अनि मास्टर्स गर्ने सिलसिलामा म राजधानी आइपुगे सङ्करदेव क्याम्पसमा मैले भर्ना पनि गरे चाटर एकाउन्टेड अध्ययन गर्न मन लाग्यो र म शङ्करदेव क्याम्पसको अध्ययनलाई छोडेर त्यसपछि म च्याटर एकाउन्टेड अध्ययन गर्नकालागी भारतको मदरास पुगे। त्यहाँ एक वर्ष अध्ययन गरिसकेपछि मेरो स्वास्थ्यमा एकाएक समस्या आयो र मलाई घर फर्किनु पर्यो घरमा एक वर्ष रेस्ट् गरिसकेपछि म पुनः च्याटर एकाउन्ट अध्ययन गर्नकालागी मदरास गइन र काठमाडौको कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयमा प्राइभेटबाट एमबिएड गरे। त्यति बेला पनि मेरो अध्ययन राम्रो थियो। दुखको कुरा दोस्रो वर्षमा थेसिस गर्न पाऊँभनेर व्यवस्थापन टिमसङ्ग कुरा पनि गरे व्यवस्थापन टिमले मिल्दैन भनेपछि मैले थेसिस गर्न पाइन थेसिस गर्ने मेरो सपना भने अधुरै रह्यो। अवसरको खोजी गर्दै जाँदा न्यजिल्यान्ड रोटेडमबाट लिडरसीप व्यवस्थापन सङ्कायमा डिप्लोमा पनि गर्ने अवसर पाए समग्रमा सबै मेरो लागी राम्रै रह्यो ।
तपाईंकोलागी समग्रमा बैंकिङ यात्रा कस्तो रह्यो?
सन् २०००मा मैले बैंकप काठमाडौबाट मेरो बैंकिङ यात्रा सुरु गरे। त्यति बेला म असिस्टेन्टको रूपमा कार्यरत थिए। त्यहाँ टेलरमा बसेर मैले धेरै काम गर्ने अवसर प्राप्त गरे साढे चार वर्षको अवधिमा हेटौँडा पुगेर पनि काम गरे। विभिन्न विवागमा काम गरिरहँदा नयाँ नयाँ अनुभव पनि बटुल्न पाए। बैंक अफ काठमाडौँमा काम गर्दै गर्दा सानिमा बैंकमा अप्रेसन इन्चार्जको भ्याकेन्सी खुलेको सूचना पाएपछि त्यहाँ मैले अप्लाई गरे र इन्चार्जको रूपमा काम गर्न पाएँ। त्यहाँ पनि मैले साढे ९ वर्षसम्म काम गरे। सानिमा बैंकमा काम गरिरहँदा विभिन्न चरणमा प्रमोसन हुँदै गर्दा म्यानेजर पनि भए। सानिमा बैंकमा म्यानेजर भइरहँदा माछापुच्छ्रे बैंकमा वरिष्ठ प्रबन्धकको भ्याकेन्सी खुलेको थियो र माछापुच्छ्रे बैंकमा मैले अप्लाई गरे र यहाँ सन् २०१२ मा वरिष्ठ प्रबन्धकको रूपमा कार्यरत भए। सहायक महाप्रवन्धक, उपमहाप्रवन्धक, सहायक कार्यकारी अधिकृत हुँदै सन् २०२० मा कार्यकारी अधिकृतको रूपमा नियुक्त भएको म कार्यकारी अधिकृतको पहिलो कार्यकाल पूरा गरेर अहिले दोस्रो कार्यकालमा नियुक्त भई पुनः कार्यकारी अधिकृतको रूपमा कार्यरत छु ।
माछापुच्छ्रे बैंककालागी गत आर्थिक वर्ष कस्तो रह्यो?
गत वर्ष देशको अर्थतन्त्र त्यति चलायमान थिएन लोनकोलागी प्रोभिजन धेरै गर्नु पर्यो। नियमकिय प्रावधानहरू पनि गत वर्ष थपियो, माछापुछ्रे बैंकको नेट प्रोफिड पनि झण्डै २३ प्रतिशतले कम हुन पुग्यो। बैंकहरूले ४ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने भनेर बैंकहरूलाई नियम्बन गर्ने नेपाल राष्ट्र बैंकबाट विभिन्न नियमहरू पनि आयो र कोरोनाको प्रभाव पनि अर्थतन्त्रमा पर्न गयो। बैंकहरूको स्थीति पनि त्यति राम्रो थिएन, सबै बैंकहरूकालागी नै गत आर्थिक वर्ष त्यति राम्रो भएन। माछापुच्छ्रे बैंक नाफाको आकारमा केही कम भएता पनि समग्रमा राम्रै रह्यो गत आर्थिक वर्ष ।
बैंकहरूको भीडमा माछापुच्छ्रे बैंक पनि छ यसै बैंकलाई आम सर्वसाधरणले किन रोज्ने?
हामी मर्जरमा पनि गएनौ, माछापुच्छ्रे बैंक चुरुस्त दुरुस्त छ, क्यापिटलको हिसाबले हाम्रो बैंक २० बैंक मध्ये सानो भएता पनि डिजिटल प्रडक्टहरूमा हामीले एकदमै राम्रो प्रगती गरेका छौँ, डिजिटलाइजेसनको कुरा गर्ने हो भने माछापुच्छ्रे बैंक टप थड फोर्थ लेबलमा पुगिसकेको छ, हाम्रो टीम वर्क पनि त्यति नै राम्रो छ, सेवामा कुनै समझौता गर्दैनौ, छिटो छरितो सेवा दिदै आएका छौँ, नयाँरनयाँ प्रडक्टहरू हामीले आफै खोज्छौँ र लन्च् गर्छौँ, अहिलेको युग प्रविधीको युग भएकोले गर्दा बैंकका सबै प्रणालीहरूलाई प्रविधी मैत्री बनाएका छौँ, भविष्यमा यसलाई अझ डिजिटलाइज गर्ने छौँ, हामीले सम्पूर्ण सेवाहरू ग्राहकहरूलाई छिटो छरितो उपलब्ध गराइरहेका छौँ र नयाँ ग्राहकहरूले पनि छिटो छरितो सेवा प्राप्त गर्नकालागी माछापुछ्रे बैंक नै रोज्नु हुन्छ भन्नेमा म विश्वस्त छु ।
कर्जा लिएको तीन चार महिना पछि तोकेको शुल्कभन्दा बढी ब्याज तिर्नु पर्छ भन्ने सर्वसाधरणको गुनासो छ यस्तो किन हुन्छ?
बजारले नै ड्राइभ गर्ने हुनाले यस्तो भएको हो अनि अर्को कुरा आजको अवस्थालाई नियाल्ने हो भने हाम्रो डिपोजिटको रेट निकै कम भइसकेको छ। ग्राहकहरूले सिङ्गल डिजिटमा कर्जा पाउने अवस्था भइसकेको छ तसर्थ हिजोको दिनमा के भयो भने कोरोनाको प्रभावले गर्दा अर्थ व्यवस्था खस्किन पुग्यो, डिपोजिट कर्ताहरू नआइदिनाले बढी रेट दिएर डिपोजिट लिनु पर्ने अवस्था थियो। बैंक भनेको बिसुद्ध स्पिडमा चल्ने संस्था हो, बैंकले डिपोजिटमा जबरजब उच्चदर दिन थाल्छ, कर्जाको दर पनि बढाउदै जानु पर्छ, यो पूर्णरूपमा बजारले नै व्यवस्थापन गर्छ। हिजो १३/१४ प्रतिशतमा कर्जा प्राप्त गर्नेहरू अहिले १०/११ प्रतिशतमा कर्जा लिने वातावरण बनेको छ, अर्को कुरा उच्चदरमा कर्जा लिरहनु भएका रीणिहरूको ब्याजदर पनि बिस्तारैरबिस्तारै घट्दै आएको छ, डिपोजिटको हाई रेट हुँदा हाइ रेटमा लोन दिने हो आज डिपोजिटको कम रेट छ, त्यसैले हामी कम रेटमा कर्जा प्रवाह गरिरहेका छौँ ।
यसरी कर्जा लिनेहरू त मर्कामा परे नी?
हामीले बुझ्नु पर्ने कुरा के हो भने बैंक भनेको निच्छेप सङ्कलन गरेर रिण दिने संस्था हो जुन रेटमा हामीले जसरी निच्छेप सङ्कलन गर्छौँ हो त्यहीँ रेटमा ऋण प्रवाह गर्छौँ इकोनमी एउटा साइकल भएकोले गर्दा भोली डिपोजिटको दर उच्च हुने बितिक्कै कर्जाको दर पनि उच्च हुन जान्छ ।
कहिलेकाहीँ सञ्चार माध्यममा आउने गर्छ कि फलानो बैंकले फलानोलाई सडकमा पुर्यायो, यस्तो स्थीति कसरी सृजना हुन्छ?
सडकमा पुर्याउने अथवा घरबारबिहीन बनाउने भनेर बैंकले कहिल्यै पनि कल्पना गर्दैन, र गरेको पनि हुँदैन बैंकको काम सहजिकरण गर्ने हो, सहजरूपमा ऋण उपलब्ध गराउने हो, अनी अर्को कुरा नेपाल राष्ट्र बैंकले निर्देशन गरेको ऐनलाई हामीले पछ्याएर हिँड्नु पर्ने हुन्छ, र रिकबरीमा जानु पर्ने हुन्छ, हामी पनि नियममा बाँधिएका छौँ, ऋण उपलब्ध गराउने क्रममा ऋणीको परियोजना, नेटवर्क इन्टिग्रिटि लगायत सम्पूर्ण पक्षको अध्ययन गरेर ऋण दिने गर्छौँ, ऋणीहरूले कुनै कारणले गर्दा ऋण तिर्न सक्नु भएन भने त्यसकालागी विविध नियमहरू छन, ३० दिन भित्र कसैले ऋण तिर्न सकेन भने त्यसको प्रक्रिया अर्कै हुन्छ, ९० दिनको अर्कै हुन्छ, ६ महिना, एक वर्षको प्रक्रिया अर्कै हुन्छ, हामीले लिल्लाम गर्दा पनि त्यसको प्रक्रिया अर्कै हुन्छ, मैले फेरी पनि भन्छु कि हामी पनि नियम कानुनमा बाँधिएका हुन्छौँ, हामीले छोड्न मिल्दैन किन भने यो बैंकिङ हो र हामीले पनि जनता कै पैसा चलाउने हो र सङ्कलन भएको निक्षेपबाट ऋण दिने हो, ऋण यदी कसैले तिर्न सक्नु भएन भने बैंकले बाध्य भएर लिल्लामको प्रक्रियामा जानु पर्ने हुन्छ, अनि लिल्लाम हुनेहरूले के भन्नु हुन्छ भने लिल्लाम गरेर हाम्रो उठिबास लगायो, घरविहिन गरायो वास्त्वमा त्यो होइन ऋण तिर्न नसक्ने अवस्था भइसकेपछी जुन प्रक्रियामा बैंक जान्छ, जानै पर्ने हुन्छ, लिल्लामी प्रक्रियामा पनि हामीले हाम्रो ऋण र ब्याज मात्र लिने हो बाकी बचेको पैसा हामीले ऋणीहरूलाई नै फिर्ता गर्ने गर्दछौँ लिएको ऋण फिर्ता गर्न नसक्ने अवस्थाको सृजना हुँदा यस्तो परिस्थिति आउने गर्दछ ।
बैंकहरूले नयाँरनयाँ स्किम लन्च गरिरहँदा बाहिर जसरी प्रचार गरिन्छ भित्र त्यस्तो हुँदैन सेवा ग्राहीहरूलाई प्रिमियर खर्च लगायत विभिन्न शिर्षकमा खर्चको भारी बोकाइन्छ यस्तो किन हुन्छ?
मलाई त्यस्तो भए जस्तो त लाग्दैन किन भने बजारमा दुई प्रकारका प्रडक्ट हुन्छन एउटा डिपोजिट चाहियो भने डिपोजिटको लागी यो प्रडक्ट बैंक र सेवाग्राहीहरूलाई फाइदा हुने गरी उक्त प्रडक्ट लन्च गरिन्छ। र दोस्रो बजारमा तरलता भएको बेलामा गाडी कर्जा घर कर्जा उपलब्ध गराइन्छ, यहाँ बुझ्नु पर्ने कुरा के छ भने सेवाग्राहीलाई खर्च गर्न लगाएर हामीले निकाल्ने प्रडक्ट भने होइनन, त्यो हामीले दिने सुविधा अन्तर्गत पर्छ।
माछापुच्छ्रे बैंकले खराब कर्जा कसरी व्यवस्थापन गरिरहेको छ?
यस्को आफ्नै नीति नियम छ, खराब कर्जा हुने बितिक्कै रिकबरीको एक्सनमा हामी जान्छौँ, नियमअनुसार लिनु पर्ने रिकभरीका एक्सनहरू हामीले लिन्छौँ, त्यसो गर्दा पनि यदी खराब कर्जा घट्न सकेन भने अनि हामी लिल्लामीको प्रक्रियामा जान्छौँ। सबैका आआफ्नै नियमहरू हुने भएकाले त्यसरी नै हामी असुली गर्छौँ, केही उपाय नभएपछि अन्त्यमा मात्र धितोको प्रक्रियामा जाने गर्दछौँ, बुझ्नु पर्ने कुरा के छ भने राखिएको धितो लिल्लाम गर्छु भनेर बैंकले कहिल्यै पनि सेवाग्राहीहरूलाई कर्जा दिएको हुँदैन।
मर्जरलाई कुन रूपमा लिनु हुन्छ? माछापुच्छ्रे बैंकको सम्भावना के छ?
वास्त्वमा इनर्जि इफेक्ट्को लागी बैंक तथा वित्तिय सँस्थाहरू मर्जरमा जाने हो जति पनि मर्जरमा गएका छन इनिहरूको प्रभाव हेर्न बाकि नै छ, कतिपय ठूला बैंकहरूको सन्तुलन हेर्ने हो भने सकरात्मक नभएको अवस्था छ। तर मर्जरमा नगएका हाम्रो बरु सन्तुलन सकरात्मक छ, हुन त हाम्रो पनि कोसिस थियो मर्जरमा जाने तर विभिद कारणले गर्दा मर्जरमा जान सकिएन, मर्जरको विषय सञ्चालक समीतिको भएको हुँदा मर्जरमा जाने तत्काल हाम्रो बैंकको सम्भावना नभएको जस्तो लाग्छ, यहाँ गलत बुझाई के छ भने हामी भोलुममा तुलना गरिरहेका छौँ, ६० अर्वको पुजी भएको बैंक र ११ अर्व पुजी भएको बैंकको प्रोफिड एउटै हुन सक्दैन, त्यसैले हामी रिटनमा प्रतिसपर्दा गर्ने हो हाम्रो योजना के हो भने चुरुस्त दुरुस्त स्टेबल गुड फुल्लि कम्प्लाइडमेन्ट् बनाएर अगाडी बढ्ने ।
दृष्टिविहिनहरूले माछापुच्छ्रे बैंकमा साङ्गसरह सहजै मोबाइल एटिएम जस्ता सेवाहरू पाउन सक्छन?
पहिला पनि यो कुरा आएको थियो, हामीले दृष्टिविहिन भएका व्यक्तिहरूकालागी सहजिकरण गरेका छौँ हाम्रो बैंकमा दृष्टिविहिन साथीहरूले ढुक्कका साथ खाता खोलेर कारोबार गर्न सक्नु हुन्छ। बैंकिङ कारोबार गर्नमा केही गाह्रो अप्ठ्यारो भएमा साथीहरूले सिइओ कार्यालयमा सम्पर्क गर्न सक्नु हुन्छ।
नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिलाई तपाईंले कुन रूपमा लिनु हुन्छ?
अहिलेको मौद्रिक नीति वास्त्वमा लचक मौद्रिक नीति हो। हिजोका दिनहरूमा हामीसङ्ग लामो समयदेखि पैसा हुँदा पनि कर्जा प्रवाह गर्न गाह्रो थियो, तर अहिले त्यो समस्या भने हँटिसकेको छ। राष्ट्र बैंकले यो वर्षकोलागी सहजिकरण गरेको छ। अहिले ८ सय अर्व तरलता छ बैंकिङ उध्योगमा, कर्जा उपलब्ध गराउन सहज गर्ने बितिक्कै पैसा निश्चय बजारमा जान्छ, इकोनमी साइकल त हो यो साइकल घुम्छ, यसलाई केही हदसम्म उहाँहरूले सहज गरिदिनु भएको छ। तसर्थ दोस्रो कुरा कन्डक्टरहरूको समस्या लामो समयदेखि नै थियो, त्यो समस्यालाई समाधान गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीति ल्याएको छ, उक्त बैंकले सर्कुलरको माध्यमद्वारा एड्जेस पनि गरिरहेको छ, १२ पैट ६ प्रतिशतले कर्जा व्रिद्धी गर्ने झण्डै ६ प्रतिशत बराबरले आर्थिक वृद्वि गर्ने बजेटमा आएको छ मैले यसलाई सकरात्मक रूपमा लिन्छु ।
२ वर्षअघि माछापुच्छ्रे बैंक रिटनको आधारमा आठौँ नम्बरमा थियो तर अहिले नाफा घट्दो छ, नाफा बढाउनकालागी तपाईंले आफ्नो तर्फबाट के गर्नु हुन्छ?
हाम्रो नाफा घट्नुको कारण कर्जाहरूमा प्रोभिजन थपेको कारण र लिल्लाम लगायत समस्याले गर्दा हो तर पनि हामीसङ्ग अहिले ६ सय करोड यथावत नै छ, सुधार हुने लक्षणहरू अहिलेदेखि नै सकेको छ, सुधार हुने बित्तिक्कै हामी प्रोभिजनलाई ब्याक गर्छौँ, र अब आउने वर्षमा माछापुच्छ्रे बैंकको वित्तिय अवस्था सवल हुन्छ भन्नेमा म ढुक्क छु। यसकालागी हामी काम गरिरहेका छौँ यसको सकरात्मक सुधार पहिलो क्वाटरमा नै देखिने मैले विश्वास लिएको छु ।
कोभिडको बेलादेखी नै अर्थ व्यवस्थाका नकरात्मक कुराहरू भए। तर अहिले केही आश गर्न मिल्ने ठाउँहरू छ, सरकारको स्थाइत्वसङ्गै आर्थिक वृद्धि पनि जोडिएको हुने रहेछ।
हेर्नुहोस् कुराकानी भिडियो: