Jul 11 2026

Jul 11 2026 | शनिवार, आषाढ २७ गते २०८३

१० महिनामा साढे ९ लाख पर्यटक नेपाल भित्रिए, कोरोनापछि पर्यटन क्षेत्रमा ९२ प्रतिशत सुधार

नेपाल आउने पर्यटकको संख्या गत वर्षको तुलनामा बढेको छ । २०२३ को अक्टोबर महिनामा १ लाख १७ हजार पर्यटक आएकामा यो वर्षको सोही अवधिमा १ लाख २४ हजार पर्यटक आएका हुन् ।

जुन गत वर्षको तुलनामा ६ प्रतिशतले बढी हो । कोरोना महामारीअघि सन् २०१९ को अक्टोबरमा १ लाख ३४ हजार पर्यटक आएका थिए । २०२४ को १० महिनामा ९ लाख ४१ हजार ३२ पर्यटक नेपाल आएका छन् ।

सबैभन्दा धेरै मार्चमा १ लाख २८ हजार १ सय ६७ पर्यटक नेपाल आएका थिए । सबैभन्दा बढी पर्यटक भने भारतबाट आएका छन् । कुल नेपालमा आएका पर्यटकमध्ये भारतबाट १३ दशमलव एक–एक प्रतिशत, अमेरिकाबाट १२ दशमलव आठ–आठ चीनबाट ६ दशमलव दुई–तीन प्रतिशत पर्यटक आएका छन् ।

कोरोनापछि पर्यटन क्षेत्रमा सुधार आउन थालेको देखिएको छ । कोरोना महामारीअघिको तुलनामा ९२ प्रतिशत सुधार भएको देखिएको हो ।