Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

तिहार सकिए पनि आज तिहार बिदा

सरकारले आज (सोमबार) पनि तिहार बिदा दिएको छ ।

भाइटीका लगाएपछि तिहार सकिएको मानिन्छ ।हिजो (आइतबार) भाइटीका लगाएपछि यस वर्षको तिहार सकिएको छ । तर, तिहार सकिए पनि आज (सोमबार) सरकारी बिदा छ ।

सरकारी पात्रोमै यस वर्ष आज पनि तिहार बिदा उल्लेख  छ ।  गत माघ २९ गते प्रकाशित राजपत्रमा कात्तिक १५ देखि १९ गतेसम्म  तिहार बिदा उल्लेख छ ।

१५ गते लक्ष्मीपूजा, १७ गते गोवर्धनपूजा र नेपाल संवत् (म्हपूजा) तथा १८ गते भाइटीका (किजापूजा) को बिदा छ । तर कात्तिक १६ र (आज) १९ गते दिइएको बिदाको विवरण भने राजपत्रमा उल्लेख छैन । 

bi.png