Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

भाइटीका लगाउन भारतबाट नेपाल आइरहेका दुईजनाको कार दुर्घटनामा निधन, तीनजना घाइते

तिहारको भाइटीका लगाउन भारतबाट नेपाल आइरहेका दुईजनाको कार दुर्घटना निधन भएको छ। दुर्घटनामा थप तीनजना घाइते भएका छन् ।

भारतको उत्तरप्रदेश राज्यस्थित बलरामपुरमा एउटा यात्रु बससँग ठोक्किए उक्त दुर्घटना भएको हो । दुर्घटनामा कपिलवस्तुको बाणगङ्गा नगरपालिका-९ बर्दहवाका दिनेश बेल्बासे र नवलपरासीको गैंडाकोट नगरपालिका-६ का अनिल सापकोटाको मृत्यु भएको हो।

भारतीय अधिकारीहरूका अनुसार उनीहरू पन्जाव राज्यबाट बढ्नी नाका हुँदै घर फर्किरहेका थिए। दुर्घटनामा मृतक बेल्बासेकी पत्नी शारदा, त्यही ठाँउका टेकबहादुर र उनकी पत्नी धनकला घाइते भएको बलरामपुर प्रहरीले जनाएको छ।

उनीहरूको भारतीय अस्पतालमै उपचार जारी छ ।